हामी बच्चाहरुसंग समुद्रीतटमा जाँदा आफ्ना साना बच्चाहरुलाई कसरी सुरक्षित र खुशी राख्ने भन्ने बारेमा जान्नु अझ महत्त्वपूर्ण हुन्छ।

लाइफसेभरहरू बाल हेरचाहकर्ताहरू होइनन्

लाइफसेभरहरू मद्दत गर्नका लागि उपस्थित छन् तर उनीहरू बच्चाहरूको ख्याल गर्नका लागि होइन।कोहि वयस्कको निगरानी बिना बच्चाहरूलाई बालुवामा वा पानीमा कहिले पनि छोड्नु हुँदैन।

parents and child

सधैं आफ्ना बच्चाहरुको सुपरीवेक्षण गर्नुहोस् र उनीहरुलाई एक्लै नछोड्नुहोस् ...

  • जब समुद्रीतटहरुमा भीड हुन्छ बच्चाहरु हराउन वा तपाईबिना भौंतारिनको लागि सजिलो हुन सक्छ।
  • जीवनरक्षक र लाइफगार्ड त्यहाँ मद्दतको लागि उपस्थित छन् तर उनीहरु बच्चाहरूको रेखदेखकर्ता होइनन्। आफ्ना बच्चाहरुलाई हेर्ने जिम्मेवारी सधैं आमाबाबुको हो।
  • कम गहिरो पानीमा पनि अचानक लहरहरु कुनै पनि समयमा आउन सक्छ र धेरै छिटो साना बच्चाहरुलाई गहिरो पानीतिर बगाउन सक्छ।
  • तपाई आफ्नो बच्चाहरुलाई सधैं देख्न सक्ने सुनिश्चित गर्नुहोस् - तपाईका बच्चाहरुलाई आफैँ तैरन वा पानीमा खेल्नको लागि दौडन नदिनुहोस्।
  • समुद्रीतटमा जाने दिनको लागि सबैभन्दा राम्रो ठाउँ मिलाउनेबारेमा सोच्नुहोस् ताकि तपाई आफ्नो बच्चाहरुलाई नजिकबाट निगरानी राख्न सक्नुहुन्छ।
  • ठूला बच्चाहरुसंग साना बच्चाहरुलाई एक्लै नछोड्नुहोस् - वयस्कहरुले सधैं बच्चाहरुको निगरानी गर्नुपर्छ किनकि ठूला बच्चाहरुलाई अचानक केही भईहालेमा के गर्ने भनेर थाहा हुन्न।
  • पौडी खेल्न सिक्नु एक निकै महत्त्वपूर्ण कौशल हो र पौडी खेल्न र ज्यान जोगाउन सिक्नु कहिले धेरै ढिलो भएको मानिन्न।
  • यदि तपाईको बच्चा पौडी पोखरीमा पौडी खेल्न सक्छ भने यसको मतलब यो होइन कि उनीहरु सागर र छालहरुमा पौडी खेल्न र ज्यान जोगाउन सक्षम हुनेछन्।
  • फ्लास रिप करेन्टहरु निकै अचानक आउन सक्छन् र कम गहिरो पानीमा खेलिरहेका सुपरीवेक्षण नगरिएका बच्चाहरुलाई किनारबाट पर छिटो बगाएर लान सक्छ।

यसले केवल एक सेकेन्ड मात्र लिन्छ ...

कम गहिरो पानीमा कहिले पनि बच्चाहरुलाई एक्लै छोड्न हुँदैन। एउटा ठूलो छालले कुनै पनि समयमा मानिसहरुलाई बगाएर सागरमा पुर्‍याउन सक्छ। बच्चाहरुले उपयुक्त स्विमवेयर (पौडी खेल्ने लुगा) लगाउनु पर्छ र पौडी खेल्ने जान्ने र उनीहरुलाई मद्दत गर्न सक्ने कुनै वयस्कबिना पानीमा प्रवेश गर्नु हुँदैन।

children at beach

सर्फ जीवनरक्षक (Surf Life Saving) बच्चामा समुद्रीतटको वातावरणमा उनीहरुको आत्मविश्वास, ज्ञान र सीप बढाउने एक महान गतिविधि हो। Nippers मा अहिले भर्ना हुनहोस्!

nippers

तपाई आज अरु केको बारेमा जान्न चाहनुहुन्छ?

तानेर लाग्ने प्रवाह (रिप करेन्ट) को खतरा

रिप करेन्ट अष्ट्रेलियाको समुद्रीतटहरुमा भेटिने सबभन्दा ठूलो खतरा हो। कसरी यस्तो प्रवाहमा बाँच्ने भन्ने जान्नु समुद्रीतट सुरक्षाको एक महत्वपूर्ण हिस्सा हो।

बच्चाहरुसंग समुद्रीतटमा जाँदा थाहा पाउनुपर्ने कुराहरु।

समुद्रीतट बच्चाहरुका लागि रमाइलो र आनन्द लिने एक अद्भुत ठाउँ हो। यदि तपाई साना बच्चाहरुसंग समुद्रीतटमा जाने योजना बनाइरहनुभएको छ भने उनीहरुलाई कसरी जोगाउने र सुरक्षित राख्ने भन्ने जान्नु महत्वपूर्ण हुन्छ।

समुद्रीतटमा दिन बिताउनको लागि तयारी।

समुद्रीतटमा जाँदा धेरै रमाइलो हुन्छ तर तपाईले घर छोड्नुअघि तयारी गर्नु महत्वपूर्ण हुन्छ। तपाई समुद्रीतटमा एक सुरक्षित र रमाइलो दिनको लागि तयार रहेको सुनिश्चित गर्ने बारेमा जान्न हाम्रो शीर्ष सुझावहरु हेर्नुहोस्।

समुद्रीतटमा सुरक्षित रहने

समुद्रीतटमा कसरी सुरक्षित रहने र तपाई तटमा पुगेपछि के हेर्ने भन्ने थाहा पाउनाले तपाईलाई सुरक्षित रहन र तपाईको साथी र परिवारसंग रमाइलो समय बिताउन मद्दत गर्न सक्छ।

हाम्रो समुदायबाट सिक्नुहोस्

हाम्रो समुदायलाई भेट्नुहोस् र समुद्रीतटमा हाम्रो जीवनरक्षकबाट केही महत्वपूर्ण समुद्रीतट सुरक्षा सन्देशहरु जान्नुहोस्।

Keep me in the loop