हरेक वर्ष डुब्ने र उद्धार गर्नु पर्नेको सबैभन्दा ठूलो कारण रिप करेन्टहरु हुन्। तिनीहरु के हुन् र कसरी यसबाट बाहिर निस्कने जान्नु समुद्रीतटमा सुरक्षित रहनको लागि महत्वपूर्ण छ।

रिपहरु अष्ट्रेलियाको समुद्री तटहरुमा भेटिने सबभन्दा ठूलो खतरा हो।

रिपबाट बच्ने सबैभन्दा राम्रो तरिका भनेको रातो र पहेंलो झण्डाहरुबीच गस्ती हुने समुद्रीतटमा पौडी खेल्नु हो।

What is a rip current?

कसरी रिप करेन्टलाई थाहा पाउने

रिप करेन्ट अष्ट्रेलियाको समुद्रीतटहरुमा देखिने सबैभन्दा खतरनाक जोखिमहरुमध्ये एक हो र हरेक वर्ष धेरै मानिसहरु यसमा परेर डुब्छन्। तपाईले आफ्नो र तपाईको परिवारको लागि गर्न सक्ने सबैभन्दा राम्रो गुण भनेको सधैं रातो र पहेंलो झण्डाहरुबीच पौडी खेल्नु हो। जीवनरक्षकहरुले समुद्रीतटको सबैभन्दा सुरक्षित भागमा झण्डाहरु राख्छन् र दिनभर झण्डा लगाएको क्षेत्रको निगरानी गर्नेछन्। रिपको बारेमा अधिक सिकाइ र तिनीहरुलाई कसरी पत्ता लगाउने भनेर जान्नाले तपाईलाई सुरक्षित रहन मद्दत गर्न सक्छ। थप जान्नको लागि यो भिडियो हेर्नुहोस्।

सधैं संकेतहरुलाई ध्यान दिनुहोस्।

रिपबाट बच्नको लागि एक तरिका भनेको संकेतहरुको लागि हेर्नु हो - जीवनरक्षक र लाइफगार्ड्सले समुद्रीतटमा संकेत राख्नेछन् तपाईलाई रिप करेन्टहरुजस्ता खतरनाक अवस्थाको चेतावनी दिन। सुरक्षित हुन सधैं रातो र पहेँलो झण्डाबीचमा पौडी खेल्नुहोस्।

rip-tide-warning-sign

रिप करेन्टबाट कसरी बाँच्ने

रिप करेन्टलाई कसरी पत्ता लगाउने जान्नु राम्रो हो तर तपाई कहिल्यै यसमा फस्नुभयो भने कसरी बाँच्ने भन्ने कुरा जान्नु अझ बढी महत्वपूर्ण हुन्छ, खासगरी यदि त्यहाँवरपर तपाईको मद्दतको लागि कोही छैन भने। शान्त रहनुहोस्, तैरिन खोज्नुहोस् र प्रवाह विरूद्ध लड्ने कोशिस नगर्नु यसबाट बच्ने उत्तम उपायहरू हुन्। थप जान्नको लागि यो भिडियो हेर्नुहोस्।

तपाई आज अरु केको बारेमा जान्न चाहनुहुन्छ?

तानेर लाग्ने प्रवाह (रिप करेन्ट) को खतरा

रिप करेन्ट अष्ट्रेलियाको समुद्रीतटहरुमा भेटिने सबभन्दा ठूलो खतरा हो। कसरी यस्तो प्रवाहमा बाँच्ने भन्ने जान्नु समुद्रीतट सुरक्षाको एक महत्वपूर्ण हिस्सा हो।

बच्चाहरुसंग समुद्रीतटमा जाँदा थाहा पाउनुपर्ने कुराहरु।

समुद्रीतट बच्चाहरुका लागि रमाइलो र आनन्द लिने एक अद्भुत ठाउँ हो। यदि तपाई साना बच्चाहरुसंग समुद्रीतटमा जाने योजना बनाइरहनुभएको छ भने उनीहरुलाई कसरी जोगाउने र सुरक्षित राख्ने भन्ने जान्नु महत्वपूर्ण हुन्छ।

समुद्रीतटमा दिन बिताउनको लागि तयारी।

समुद्रीतटमा जाँदा धेरै रमाइलो हुन्छ तर तपाईले घर छोड्नुअघि तयारी गर्नु महत्वपूर्ण हुन्छ। तपाई समुद्रीतटमा एक सुरक्षित र रमाइलो दिनको लागि तयार रहेको सुनिश्चित गर्ने बारेमा जान्न हाम्रो शीर्ष सुझावहरु हेर्नुहोस्।

समुद्रीतटमा सुरक्षित रहने

समुद्रीतटमा कसरी सुरक्षित रहने र तपाई तटमा पुगेपछि के हेर्ने भन्ने थाहा पाउनाले तपाईलाई सुरक्षित रहन र तपाईको साथी र परिवारसंग रमाइलो समय बिताउन मद्दत गर्न सक्छ।

हाम्रो समुदायबाट सिक्नुहोस्

हाम्रो समुदायलाई भेट्नुहोस् र समुद्रीतटमा हाम्रो जीवनरक्षकबाट केही महत्वपूर्ण समुद्रीतट सुरक्षा सन्देशहरु जान्नुहोस्।

Keep me in the loop