समुद्रीतटमा जानु धेरै रमाइलो हुन्छ तर यो याद गर्नु महत्वपूर्ण छ कि समुद्रीतटमा सुरक्षित दिन हुनुको मतलब त्यहाँ सुरक्षित रहनको लागि तयार रहनु र तयारी गर्नु हो।

एक सुरक्षित र रमाइलो दिन बनाउनका लागि के जान्न आवश्यक छ?

समुद्रीतट (Beach) सुरक्षित रहने कदम घरबाट शुरु हुन्छ
समुद्रीतटमा हुँदा तपाई सुरक्षित रहन सक्नुहुन्छ भन्ने सुनिश्चित गर्न तपाईले तयारी गर्नु पर्छ र घर छाड्नुअघि तपाईले आफ्नो अनुसन्धान गर्नुपर्छ। तपाई समुद्रीतटमा एक सुरक्षित र रमाइलो दिनको लागि तयार रहन कसरी सुनिश्चित गर्ने भन्नेबारेमा जान्न हाम्रो शीर्ष सुझावहरु हेर्नुहोस्।

Beachsafe एप डाउनलोड गर्नुहोस्
BeachSafe एपले तपाईलाई सही समुद्रीतट चयन गर्न मद्दत गर्न सक्छ र सो दिनको लागि त्यहाँ रहेको खतरा र जोखिमका बारेमा धेरै जानकारी प्रदान गर्न सक्छ।

के यो समुद्रीतटमा आज जीवनरक्षक (लाइफसेभर) हरूले निगरानी गरिरहेको छ?
निगरानी नभएको समुद्रीतटमा तपाईंले पौडी खेल्नु हुँदैन किनभने यदि तपाईं समस्यामा पर्नुभयो भने त्यहाँ तपाईंलाई बचाउने कोहि पनि हुँदैन ।

समुद्रीतट खुला छ कि बन्द?
यदि समुद्रीतट बन्द छ भने यसको मतलब त्यहाँको पानीमा जानु एकदम खतरनाक हुन्छ - तपाईं कुनै पनि बन्द समुद्रीतटमा नजानु होला।

समुद्रीतटमा कस्ता खतराहरू हुन्छन्?
समुद्रीतटमा तानेर लाग्ने प्रवाह, ब्लू बोतल जस्ता समुद्री जीवहरू वा ठूला छालहरू आउने जस्ता खतराहरू हुन सक्छ।

घाम कत्तिको चर्को छ?
अष्ट्रेलियाको घाम एकदम कडा हुन सक्छ। निश्चित गर्नुहोस् कि तपाईंले यूभी (UV) अर्थात अल्ट्राभ्वाइलेट बिकिरणको मात्रा रेटिंग जाँच गर्न नबिर्सनुहोस् र दिनभर छायाँमा बस्नुहोस् र प्रशस्त पानी पिउनुभयो।
quote icon

चाहे तपाई पौडीको लागि मात्र समुद्रीतट जाँदै हुनुहुन्छ वा त्यहाँको बालुवामा पल्टने सोचिरहनुभएको छ, तपाईको समुद्रीतटमा लग्ने सामानहरूको सूचीमा राख्नु पर्ने त्यहाँ केही आधारभूत चीजहरु छन्। सही सामानहरू लिएर जाँदा हामी समुद्रीतटमा एक स्वस्थ, सुरक्षित र रमाइलो दिन बिताउन मद्दत गर्नेछ।

quote icon
beach-packing-suitcase-on-the-sand-800x450

समुद्रीतटमा एक सुरक्षित र रमाइलो दिन बिताउनको लागि हामीले के प्याक गर्नुपर्छ?

सनस्क्रीन, टोपी र लामो बाहुला भएको लूगा
तपाईं बाहिर निस्कनु भन्दा कम्तिमा 30 मिनेट अगाडि सनस्क्रीन लगाउनु पर्छ। दिनभर नियमित रूपमा सनस्क्रीन फेरी लगाउनु पर्छ, विशेष गरी यदि तपाईं पानीमा खेल्न जानु भएमा।

पौंडी खेल्डा लगाउने लूगा (स्वीमवेयर)
सामान्य लगाउने लूगामा पौडी नहाल्नुहोस् किनकि यसमा पानी जम्मा हुन सक्छ (पानी सोस्छ) र लुगा धेरै गह्रौं बन्न सक्छ जसले गर्दा पानीमा तैरिन, पौडी खेल्न वा उभिन धेरै गाह्रो हुन्छ। पौडी खेल्ने लुगाहरूमा धेरै सुरक्षित विकल्पहरू हुन्छन्, जस्तै पुरै शरीर ढाक्ने बुर्किनी।

रक फिशिंग गर्ने सुरक्षा सामानहरू
यदि तपाईं रक फिशिंग (चट्टानमा बसरे माछा मार्ने) गर्न जान चाहनुहुन्छ भने तपाईंले नियमको पालना गर्नुहोस्, उपयुक्त लुगा लगाउनुहोस् र तपाईंसँग सही सुरक्षा उपकरणहरू भएको सुनिश्चित गर्नुहोस्। रक फिशिंग गर्दा लाइफजाकेट लगाउनु पर्ने नियम छ र यसको पालना नगरेमा जरिवाना लाग्छ। तपाईंको लाइफजाकेट कसरी खोल्ने र फुलाउने भनेर तपाईंलाई थाहा भएको निश्चित गर्नुहोस् - किनभने धेरै मानिसहरू उनीहरूको सुरक्षा उपकरणहरू प्रयोग गर्न नजानेर डुब्ने गर्छन्।

मदिरासेवन गर्न रक्सी नलग्नुहोस्

शरीरमा पर्याप्त पानीको मात्रा कायम गर्न प्रशस्त पानी निरन्तर पिउनुहोस्. समुद्रीतटमा हुँदा मदिरासेवन नगर्नुहोस् किनकि यसले स्पष्ट रूपमा सोच्न र सही निर्णय गर्ने तपाईंको क्षमतालाई कमजोर बनाउछ।

alcohol beach

तपाई आज अरु केको बारेमा जान्न चाहनुहुन्छ?

तानेर लाग्ने प्रवाह (रिप करेन्ट) को खतरा

रिप करेन्ट अष्ट्रेलियाको समुद्रीतटहरुमा भेटिने सबभन्दा ठूलो खतरा हो। कसरी यस्तो प्रवाहमा बाँच्ने भन्ने जान्नु समुद्रीतट सुरक्षाको एक महत्वपूर्ण हिस्सा हो।

बच्चाहरुसंग समुद्रीतटमा जाँदा थाहा पाउनुपर्ने कुराहरु।

समुद्रीतट बच्चाहरुका लागि रमाइलो र आनन्द लिने एक अद्भुत ठाउँ हो। यदि तपाई साना बच्चाहरुसंग समुद्रीतटमा जाने योजना बनाइरहनुभएको छ भने उनीहरुलाई कसरी जोगाउने र सुरक्षित राख्ने भन्ने जान्नु महत्वपूर्ण हुन्छ।

समुद्रीतटमा दिन बिताउनको लागि तयारी।

समुद्रीतटमा जाँदा धेरै रमाइलो हुन्छ तर तपाईले घर छोड्नुअघि तयारी गर्नु महत्वपूर्ण हुन्छ। तपाई समुद्रीतटमा एक सुरक्षित र रमाइलो दिनको लागि तयार रहेको सुनिश्चित गर्ने बारेमा जान्न हाम्रो शीर्ष सुझावहरु हेर्नुहोस्।

समुद्रीतटमा सुरक्षित रहने

समुद्रीतटमा कसरी सुरक्षित रहने र तपाई तटमा पुगेपछि के हेर्ने भन्ने थाहा पाउनाले तपाईलाई सुरक्षित रहन र तपाईको साथी र परिवारसंग रमाइलो समय बिताउन मद्दत गर्न सक्छ।

हाम्रो समुदायबाट सिक्नुहोस्

हाम्रो समुदायलाई भेट्नुहोस् र समुद्रीतटमा हाम्रो जीवनरक्षकबाट केही महत्वपूर्ण समुद्रीतट सुरक्षा सन्देशहरु जान्नुहोस्।

Keep me in the loop