समुद्रीतटमा सुरक्षित रहने
हाम्रो केन्द्र (हब) मा स्वागत छ! यहाँ तपाई समुद्रीतटको बारेमा जान्नुहुनेछ, तानेर लाग्ने प्रवाह (रिप करेन्ट), जीवनरक्षक, चट्टानमा बसेर माछा मार्ने (रक फिसिंग) र सबैभन्दा महत्त्वपूर्ण कुरा तपाई र तपाईको परिवार र साथीहरुले हाम्रो सुन्दर समुद्रीतटहरुमा रमाईलो गर्दा कसरी सुरक्षित रहन सक्नुहुन्छ भन्ने सिक्नुहुनेछ।

तपाई आज केको बारेमा जान्न चाहनुहुन्छ?
.
समुद्रीतटमा दिन बिताउनको लागि तयारी।
समुद्रीतटमा जाँदा धेरै रमाइलो हुन्छ तर तपाईले घर छोड्नुअघि तयारी गर्नु महत्वपूर्ण हुन्छ। तपाई समुद्रीतटमा एक सुरक्षित र रमाइलो दिनको लागि तयार रहेको सुनिश्चित गर्ने बारेमा जान्न हाम्रो शीर्ष सुझावहरु हेर्नुहोस्।
समुद्रीतटमा सुरक्षित रहने
समुद्रीतटमा कसरी सुरक्षित रहने र तपाई तटमा पुगेपछि के हेर्ने भन्ने थाहा पाउनाले तपाईलाई सुरक्षित रहन र तपाईको साथी र परिवारसंग रमाइलो समय बिताउन मद्दत गर्न सक्छ।
बच्चाहरुसंग समुद्रीतटमा जाँदा थाहा पाउनुपर्ने कुराहरु।
समुद्रीतट बच्चाहरुका लागि रमाइलो र आनन्द लिने एक अद्भुत ठाउँ हो। यदि तपाई साना बच्चाहरुसंग समुद्रीतटमा जाने योजना बनाइरहनुभएको छ भने उनीहरुलाई कसरी जोगाउने र सुरक्षित राख्ने भन्ने जान्नु महत्वपूर्ण हुन्छ।
तानेर लाग्ने प्रवाह (रिप करेन्ट) को खतरा
रिप करेन्ट अष्ट्रेलियाको समुद्रीतटहरुमा भेटिने सबभन्दा ठूलो खतरा हो। कसरी यस्तो प्रवाहमा बाँच्ने भन्ने जान्नु समुद्रीतट सुरक्षाको एक महत्वपूर्ण हिस्सा हो।
हाम्रो समुदायबाट सिक्नुहोस्
हाम्रो समुदायलाई भेट्नुहोस् र समुद्रीतटमा हाम्रो जीवनरक्षकबाट केही महत्वपूर्ण समुद्रीतट सुरक्षा सन्देशहरु जान्नुहोस्।
आफ्नो परीक्षा लिनुहोस् र समुद्रीतटमा सुरक्षित रहने बारे तपाईंलाई कति थाहा छ भनेर पत्ता लगाउनुहोस्।

हाम्रो जानकारीपत्रहरु डाउनलोड गर्नुहोस्!
जानकारीपत्रहरु डाउनलोड, प्रिन्ट गर्न र तपाईको साथीहरु र परिवारसंग बाँड्नका लागि नि:शुल्क छन्। हाम्रो जानकारीपत्रहरु समुद्रीतट, तानेर लाग्ने प्रवाह (रिप करेन्ट), जीवनरक्षक, चट्टानमा बसेर माछा मार्ने (रक फिसिंग) र कसरी तपाई र तपाईको परिवार र साथीहरुले हाम्रो सुन्दर समुद्रीतट तथा समुद्री किनारहरुमा रमाईलो गर्दा कसरी सुरक्षित रहन सक्नुहुन्छ भन्नेबारेमा अधिक जानकारी खोज्ने जोकोहीका लागि उपयुक्त छ।