समुद्रीतटमा खतरा र जोखिमहरुको कसरी जाँच हेर्ने र कसरी सुरक्षित रहने भनेर सिक्ने महत्वपूर्ण हुन्छ ताकि हामी समुद्रीतटमा एक रमाइलो दिनको आनन्द लिन सक्छौं।

quote icon

हामी घर छोड्नुभन्दा पहिले समुद्रीतटका सबै विभिन्न खतराहरु र जोखिमको बारेमा जान्नु महत्वपूर्ण हुन्छ, जस्तै रिप करेन्ट, टुट्ने लहरहरु, गर्मी र घाम, ब्लुबोटल र शार्क।

quote icon
waves 2

समुद्रीतटमा कस्तो प्रकारको जोखिम र खतरा हुन्छन्?

रिप करेन्ट (तानेर लाग्ने प्रवाह)
रिप करेन्टहरु समुद्री किनाराबाट सर्फ क्षेत्र भएर भित्र तानेर लाग्ने पानीको बलियो बहावहरु हुन्। तिनीहरु अष्ट्रेलियाको समुद्रीतटहरुमा भेटिने सबभन्दा ठूलो खतरा हो। रिपबाट बच्ने सबैभन्दा राम्रो तरिका भनेको रातो र पहेंलो झण्डाहरुबीच गस्ती हुने समुद्रीतटमा पौडी खेल्नु हो।

ब्रेकिंग वेभ (टुट्ने लहरहरु)
जब लहर कम पानीको तहसम्म पुग्छ, यसले आफैँलाई माथि धकेल्छ र यसले थाम्न सकेसम्म माथि धकेल्छ। थाम्न नसकेपछि यो लहर त्यही बेला टुट्नेछ। टुट्ने लहरहरु तीन प्रकारका हुन्छन् र प्रत्येक लहर धेरै फरक हुन्छन्। कुनै पनि समुद्रीतटमा, त्यहाँ सामान्यतया ती तीन प्रकारका लहरहरुको सम्मिश्रण हुन्छ, ‘प्लन्जिङ्’ वा ‘डम्पिङ्’ लहरहरु (डुब्ने), ‘स्पिलिङ्’ वा ‘रोलिंग’ लहरहरु (घुम्ने), र ‘सर्जिङ्’ (उर्लँदो) लहरहरु। बलियो ‘डम्पिंग’ र ‘सर्जिङ्’ लहरहरु खतरनाक हुन सक्छ किनकि ती ठूला हुन सक्छ र अचानक आउन सक्छ।

गर्मी र सूर्य
अष्ट्रेलियाको गर्मी याममा लामा, तातो र घमाईला दिनहरू हुन्छन्। यसको मतलब त्यहाँ गर्मी र सम्भावित खतरनाक पराबैजनी (UV) किरणहरुको जोखिम बढेको छ। समुद्रीतटको आनन्द लिनको लागि, घामबाट सुरक्षित हुन तपाई थुप्रै सरल कुराहरू पालना गर्नु महत्वपूर्ण हुन्छ - तपाईले बाहिर जानुभन्दा कम से कम २० मिनेटअघि सधैं सनस्क्रिन लगाउनुहोस र प्रत्येक केही घण्टामा पुन: लगाएको सुनिश्चित गर्नुहोस्।

ब्लुबोटलहरु (निलो जेलिफिस)
ब्लुबोटल (Physalia) शायद अष्ट्रेलियाको समुद्रीतट किनारहरूमा प्रायः देखिने जेलीफिश हो। तिनीहरुको नीलो, बेलुनजस्तो पाल पानीको माथि रहन्छ र यो त्यसको मुनि एक लामो फैलिएको लचकचदार तन्तु (tentacle) संग जोडिएको हुन्छ। यो टेन्टेकल nematocysts नामक घोच्ने/ डस्ने कोषहरुले ढाकिएको हुन्छ. जब यसले छालालाई छुन्छ यसले विषको एक सानो मात्रालाई छालाभित्र पुराउँछ जसले जलन पैदा गर्दछ र निलै दुख्न सक्छ।

ब्लु रिंग अक्टोपस (नीलोधर्से अक्टोपस)
नीलोधर्के अक्टोपस सानो र सुन्दर देखिन सक्छ तर यो घातक हुन सक्छ। तिनीहरु चट्टानहरुमा धेरै राम्रोसंग छालावरण गरेर लुकेर बसेको हुन्छन् र तिनीहरुले खतरा महसुस गर्दा मात्र आफ्नो नीलो रिंगहरु प्रदर्शन गर्दछन्। नीलो रिंग भएको अक्टोपस सामान्यतया अष्ट्रेलियाभर अन्तर-ज्वार क्षेत्रको कम गहिरो चट्टानी पोखरीमा लुकेको पाइन्छ।

शार्क
अष्ट्रेलियाभर धेरै प्रकारका शार्कहरु पाईन्छन्। मानिसहरुको लागि तिनीहरू प्रायःजसो हानिकारक हुँदैनन्। मानिसहरु शार्कदेखि डराएपनि तिनीहरू इकोसिस्टम (परिस्थिति तन्त्र) को एक महत्वपूर्ण हिस्सा हुन्। शार्क आक्रमणहरु धेरै दुर्लभ हुन्छन् र यदि तपाई हाम्रो सुरक्षा सुझावहरुको पालन गर्नुहुन्छ भने जोखिम पनि कम छ। समुद्रीतटको सबैभन्दा सुरक्षित भाग रातो र पहेँलो झण्डाहरुबीचको क्षेत्र हो जहाँ प्रशिक्षित जीवनरक्षक र लाइफगार्ड शार्कको लागि निगरानी गरिरहेका हुन्छन्। यदि उनीहरुले शार्क फेला पारेमा, जीवनरक्षक र लाइफगार्डले एक सायरन (घन्टी) बजाउनेछन्, रातो र सेतो झण्डा फहराउनेछन् र तपाईलाई तुरुन्तै पानीबाट बाहिर निस्कने निर्देशन दिनेछन्।

ब्लुबोटलको डसाइ

डसेको भागमा बाँकी रहेका डस्ने स्टिंगर्स र तन्तुलाई हटाउनुहोस् र समुद्रीपानीमा पखाल्नुस्। २० मिनेटसम्म तातोपानीमा त्यो भाग राख्नुहोस्। यदि तपाईसँग तातोपानी छैन बरफ प्याक प्रयोग गर्नुहोस्।

bluebottle 2
quote icon

जीवनरक्षक र लाइफगार्ड प्रशिक्षित कर्मचारी हुन् जसले समुद्रीतटहरुमा गस्ती गर्छन्, समुद्रीतट सुरक्षा सेवाहरु प्रदान गर्दछन् र हामीलाई सुरक्षित र रमाइलो राख्न मद्दत गर्छन्!

quote icon
Surflifesavers

जीवनरक्षकहरुको समुद्रीतटमा सुरक्षित रहनको लागि शीर्ष सुझावहरु!

सधैं रातो र पहेंलो झण्डाको बीच पौडी खेल्नुहोस्
लाइफसेभरहरूले पौडी खेल्न सुरक्षित भागमा झण्डा गाडिदिन्छ र उनीहरूले यो क्षेत्रको निगरानी गरिरहेका हुन्छन् र तपाईंलाई मद्दत चाहिएको अवस्थामा उनीहरूले तपाईंले देख्नेछन्।

समुद्रीतटमा रहेका सुरक्षा संकेतहरू हेर्नुहोस्
लाइफसेभरले समुद्रीतटमा रहेको कुनै पनि खतराहरूबारे सूचित गर्न संकेतहरू राखिदिन्छ - तपाईं पानीमा जानुभन्दा पहिले यी संकेतहरू हेरेको निश्चित गर्नुहोस्।

लाइफसेभरलाई अभिबादन गर्नुहोस्
तपाईं समुद्रीतटमा जाँदा लाईफसेभरहरूसँग बोल्नुहोस् र अभिबादन गर्नुहोस् - उनीहरू मद्दत गर्नका लागि तयार हुन्छन् र उनीहरूलाई नयाँ व्यक्तिहरू भेट्न र तपाईंका प्रश्नहरूको उत्तर दिन मन पराउँछन्।

कहिल्यै पनि एक्लै पौडी नखेल्नुहोस्
सँधै कुनै साथी वा वयस्क मानिससँग पौडी खेल्नुहोस् र आफै एक्लै कहिले पनि पानीमा नजाउनुहोस्।

यदि पानीमा खेल्दै गर्दा तपाईं समस्यामा पर्नुभयो भने शान्त रहनुहोस् र आफ्नो हात उठाउनुहोस्।
समातिनु जहाँ आफू मुनिको जमीन छुन नसक्ने महासागरमा समस्यामा पर्दा डर लाग्नु स्वभाविक हो। तर शान्त रहनुहोस् र मद्दतको लागि आफ्नो हात उठाउनुहोस्। तैरिने कोशिश गर्नुहोस् र यदि तपाईंलाई छालले तटबाट तानेर लागेको जस्तो लागेमा छालको प्रवाह विरुद्ध पौडी खेल्ने कोशिश नगर्नुहोस् - यसले तपाईंलाई थकित बनाउँदछ र आफू तैरिन असमर्थ बनाउँदछ।

आपतकालिन अवस्थामा 000 मा फोन गर्नुहोस्।
यदि तपाईं पौडी खेल्न आउदैन भने समस्यामा रहेका अन्य मानिसहरूलाई बचाउने प्रयास नगर्नुहोस् - सँधै गुहार गर्नुहोस् - यदि लाइफसेभर उपस्थित छैन भने 000 मा फोन गर्नुहोस्। तपाईंले उनीहरूलाई समाउन वा थाम्न मद्दत गर्न कुनै (सर्फिंग) बोर्ड वा कूलर बक्स जस्ता केहि सामान उनी तर्फ फ्याँक्न सक्नुहुनेछ। वरिपरि हेर्नुहोस् - प्रायः समुद्रीतटहरूमा सार्वजनिक प्रयोगको लागि रातो तैरिने उपकरणहरू (फ्लोटेसन डिभाईस) राखिएको हुन्छ।

तपाई आज अरु केको बारेमा जान्न चाहनुहुन्छ?

तानेर लाग्ने प्रवाह (रिप करेन्ट) को खतरा

रिप करेन्ट अष्ट्रेलियाको समुद्रीतटहरुमा भेटिने सबभन्दा ठूलो खतरा हो। कसरी यस्तो प्रवाहमा बाँच्ने भन्ने जान्नु समुद्रीतट सुरक्षाको एक महत्वपूर्ण हिस्सा हो।

बच्चाहरुसंग समुद्रीतटमा जाँदा थाहा पाउनुपर्ने कुराहरु।

समुद्रीतट बच्चाहरुका लागि रमाइलो र आनन्द लिने एक अद्भुत ठाउँ हो। यदि तपाई साना बच्चाहरुसंग समुद्रीतटमा जाने योजना बनाइरहनुभएको छ भने उनीहरुलाई कसरी जोगाउने र सुरक्षित राख्ने भन्ने जान्नु महत्वपूर्ण हुन्छ।

समुद्रीतटमा दिन बिताउनको लागि तयारी।

समुद्रीतटमा जाँदा धेरै रमाइलो हुन्छ तर तपाईले घर छोड्नुअघि तयारी गर्नु महत्वपूर्ण हुन्छ। तपाई समुद्रीतटमा एक सुरक्षित र रमाइलो दिनको लागि तयार रहेको सुनिश्चित गर्ने बारेमा जान्न हाम्रो शीर्ष सुझावहरु हेर्नुहोस्।

समुद्रीतटमा सुरक्षित रहने

समुद्रीतटमा कसरी सुरक्षित रहने र तपाई तटमा पुगेपछि के हेर्ने भन्ने थाहा पाउनाले तपाईलाई सुरक्षित रहन र तपाईको साथी र परिवारसंग रमाइलो समय बिताउन मद्दत गर्न सक्छ।

हाम्रो समुदायबाट सिक्नुहोस्

हाम्रो समुदायलाई भेट्नुहोस् र समुद्रीतटमा हाम्रो जीवनरक्षकबाट केही महत्वपूर्ण समुद्रीतट सुरक्षा सन्देशहरु जान्नुहोस्।

Keep me in the loop